कहिल्यै हरेस नखाने सोचको बिज्ञान: अस्वीकारले कसरि सफलतालाइ प्रभावित गर्छ

photo

बेरोजगार डर लाग्दो हुन्छ | त्यो एउटा यस्तो अनिश्चित अवस्था हो जहाँ तपाई आफ्नो भबिष्यको बारेमा नानाथरी अनुमान गर्न बाट आफुलाई रोक्नै सक्नुहुन्न | सम्पतिको गुणगान गरिने र पेशाको आधारमा मान्छेको मुल्यांकन हुने अहिलेको समाजमा त बेरोजगार हुनु सराप झैँ मानिन्छ |

बेरोजगार हुनुको सबै भन्दा खराब पक्ष बारम्बार अस्वीकृत हुनु हो | अनगिन्ति आवरण पत्र, बायोडाटा, अन्तरबार्ता र रोजगारदाता बाट ‘तपाई छनौट हुनु भएन’ भनेर आउने इमेल आदिले तपाइको आत्म-सम्मानमा चोट पुर्याउछ | कहिले काही त यस्तो सम्म लाग्छ कि यी सब चिज गर्नुको कुनै अर्थ नै छैन |

तपाई जति लामो समय सम्म बेरोजगार हुनु भयो, त्यति नै तपाईमा जागिर पाउदिन कि भन्ने डर जाग्न थाल्छ | अन्ततः तपाई लाइ आफु रोजगारीको लागि नै योग्य छैन कि भन्ने डरले सताउछ |

८०/९० को दशक तिर जन्मेका र ठुलो आर्थिक मन्दीको बेला भर्खरै बिश्वबिधालयबाट पढाई सकेको विद्यार्थी, जसले जागिर पाउनका लागि धेरै संघर्ष गरेका छन्, तिनीहरु बाट हामी धेरै कुरा सिक्न सक्छौं | अहिले त आर्थिक अवस्थामा धेरै सुधार भै सक्दा पनि अझै धेरै युवाहरु सक्रिय रुपमा रोजगार कै खोजीमा छन् |

यसो भयो भन्दैमा आशा मारीहाल्नु भने हुदैन | वर्तमानमा त्यसको आभाष नहुन सक्छ तर अहिले सम्म तपाइले अनुभब गरेका सबै अस्वीकृतिहरुले तपाइलाई परिपक्व बनाउदै लगिरहेको हुन्छ | अझ बुझ्नु पर्ने कुरा के हो भने- मान्छेको मूल्य उसले ओगटेको पद र कमाउने पैसाले मात्र मापन गर्नुहुदैन |

जीवनमा धेरै आरोह र अवरोह हरु हुन्छन | थुप्रै अबरोधका बीच पनि आफ्नो उदेश्यबाट सदैब अविचलित रहनु नै सफलता सुनिश्चित गर्ने एक मात्र बाटो हो |

धैर्यता सफलताको साँचो हो

सफलता अक्सर केहि मान्छेको काखमा मात्र परेको देखिन्छ, तर सत्य त्यसो कदापी होइन | इतिहासमा धेरै सफल भएका मान्छेहरु सफल हुनु भन्दा अगाडी धेरै कठिनाई पार गरेर त्यहाँ सम्म पुगेका हुन् भन्ने कुरा बिर्सनुहुँदैन |

उदाहरणको लागी एसियाकै धनी मध्येका एक ज्याक मा पनि कुनै बेला केएफसीमा जागिर खान संघर्ष गर्थे | तर अहिले उनि अलिबाबा समुहको संस्थापक भनेर विश्व विख्यात छन् | उनका निम्ति पनि अस्वीकृत हुनु कुनै अपचिरित कुरा होइन |

केएफसीमा काम गर्नु भन्दा पहिले उनी पनि कलेजको प्रवेश परिक्षामा फेल भएका थिए, रोजगारीको लागि संघर्ष गरिरहेको बेला स्थानीय प्रहरीबाट अस्वीकृत् भएका थिए |

यसका बाबजुद उनी आफ्नो उदेश्यमा कटिबद्ध भइरहे र उदेश्य प्राप्तिका लागि आफुलाई सुधार गर्ने निर्यणमा पुगे |

उनि सधै अंग्रेजी सिक्ने चाहना राख्थे, प्रायः बाइकमा ४५ मिनेटको बाटो पार गरि सब भन्दा नजिको होटेलमा बिदेशी संग अंग्रेजी बोल्ने अभ्यास गर्थे | कालान्तरमा उनी बिदेशीलाइ आफ्नो सहरको नि-शुल्क भ्रमण गराउन थाले र स्थानीय स्कुलमा अंग्रेजी पढाउने गरि भाषामा निपुण भए |

मा को धैर्यता र प्रयासले उनलाई सफलता दिलायो | १९९५ मा उनले अनुवादकको काम पाए र त्यसले उनको अमेरिका सम्मको यात्रा तय गरयो | अमेरिकामा रहदा उनी इन्टरनेटको सम्भावना देखि आकर्षित भए | त्यसले उनलाई “अलिबाबा” स्थापना गर्न प्रेरित गर्यो, त्यस पछिको अरु सबै त अब इतिहास भइसक्यो |

अहिले उनी संग झन्डै २२.६ अर्ब अमेरिकी डलर बराबरको सम्पति छ | उनि संग धैर्यता नभएको भए आज उनी जहाँ छन् त्यहाँ कहिल्यै हुदैनथे | उनको यात्रा एक जना कमजोर अंग्रेजी शिक्षक हुदै संसार विख्यात अरबपति सम्म आइपुग्यो | उनले बेरोजगारी, निरन्तर अस्वीकृति र गरिबीको मुकाबिला गरे र सधै अगाडी बढ्न आफ्नो दक्षता तिखार्न इच्छुक भइरहे |

काम गर्नुको प्रेरणा पैसा कमाउनु मात्र हुनु हुदैन भन्ने कुराको उनी गतिलो प्रमाण हुन् | पैसा कुनै पनि उपलब्धिको  एक मात्र मापक कदापी हुन सक्दैन |

अर्को शब्दमा भन्नु पर्दा, के पनि भन्न सकिन्छ भने, मा को सबै भन्दा ठुलो उपलब्धि भनेकै अरुले निरन्तर ‘हुदैन’ भनिरहदा पनि उनि सधै अगाडी बढ्न इच्छुक भइरहे |

उनी लगायत अरु धेरै मानिसहरु, जसले बेरोजगारीलाइ काम नगर्ने बहाना कहिल्यै बनाएन, बाट हामी धेरै कुरा सिक्न सक्छौ |

जेके रोलिङ्ग देखि स्टिव जोब्स, जसले केहि नवीन र सफल काम गरि इतिहासमा महान बने, उनीहरुले पनि जीवनमा बेरोजगार लगायतका थुप्रै अवरोधहरुको सामना गरे |

जिबनमा कहिले हरेस नखानु

दरिलो आत्मबल बिना सफलता असम्भब छ | मनोविज्ञानका प्रोफेसर अन्गेला ली डकवर्थका अनुसार – “भबिष्य सधै धैर्यतासंग टासिएको हुन्छ- हरेक दिन मात्र होइन, हरेक महिना मात्र होइन, तपाईले आफ्नो सपनालाई यथार्थमा बदल्न बर्षौ कडा मेहनत गर्नुपर्छ | आत्मबल छोटो होइन, लामो दुरीको दौड झैँ हुन्छ |”

जब तपाई बेरोजगारी जस्तो कठिनाईको सामना गर्नुहुन्छ,  त्यतिखेर तपाइलाई सजिलो बाटो खोज्ने लालसाले प्रभावित गर्न खोज्छ | सजिलो बाटो अंगालेर कोहि पनि सन्तोषजनक जीवन बाच्न सक्दैन, धेरै जसो डरको कारणले मानिसले सजिलो बाटो रोज्छ |

सारमा भन्नु पर्दा अगाडी बढ्ने र सिक्ने एउटा मात्र बाटो भनेको संघर्ष नै हो | त्यसैले सफलताले जहिले पनि धैर्यता र संकल्पको माग गर्दछ |

“कहिले पनि हरेस नखानु” यो एउटा प्रेरणादायी वाक्य हो | गर्न भन्दा भन्न धेरै सजिलो हुन्छ | तर पनि, आफ्नो उदेश्यमा दृढ रहन हामीले ज्याक मा जस्तै हुन जरुरि छ |

बिहान उठ्ने बित्तिकै तपाईको मष्तिस्कमा एउटा स्पस्ट योजना हुनु पर्छ र त्यसलाई प्राप्त गर्न लागि अगाडी सर्ने इच्छाशक्ति पनि | कुनै बाहाना बनाउनुहुदैन | कुनै पनि बेला अस्वीकृत भएको खण्डमा हामीले आफुलाई सधै ब्यस्त राख्न सक्नुपर्छ  |

हामीले पैसा भन्दा पर अरु पनि प्राप्य चिज हुन्छन भनेर हेर्न जरुरि छ, जस्तो कि नया नया भाषा सिकेर नौलो अवसरहरु खोज्ने |

साथै चाहिएको बेला सहयोग माग्न पनि सिक्नुपर्छ | धेरै जनाले भुलबस के सोच्छन भने सफल मान्छेहरु पूर्ण रुपमा कसै माथि कुनै पनि रुपमा आश्रित हुदैनन | जति सुकै सक्षम भए पनि, जिबनको यात्रामा हरेकले कसै न कसै बाट सहयोग लिएकै हुन्छ |

जसो कि ज्याक मा ले साथी हरुको सहयोग बिना अलिबाबाको स्थापना गर्न सक्दैनथे |

कुनै पनि ठाउँमा अस्वीकृत हुनुलाई आफ्नो अयोग्यताको संकेतको रुपमा बुझ्नु हुदैन, बरु त्यसलाई प्रेरणाको स्रोतको रुपमा प्रयोग गर्नुपर्छ |

हामी सबै संग सिक्ने, आफुलाई बदल्ने र प्रगति गर्ने क्षमता छ | सफलताको मापन हामीले यी गुणहरुको लाभ कसरी लिन्छौ भन्नेमा निहित हुन्छ |

(नोट: एलिटडेलीमा John Haltiwanger द्वारा अंग्रेजीमा लेखिएको  यो लेखको अनुवाद PDRC का कार्यक्रम प्रबन्धक रुप सुनारले गर्नु भएको हो |)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s